सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ

बिहीबार, २८ साउन २०७८, २२ : ३४
बिहीबार, २८ साउन २०७८

पोखरामा लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको विजयपुर शान्ति मार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माछापुच्छ्रे ४ घर भई विजय पुर बस्दै आएका १९ वर्षीय सुरज रानाभाट, विजयपुरका २५ वर्षीय आगमन राई र पोखरा नयाँ बजारका ४० वर्षीय मनसुराम सुनार रहेका छन् । प्रहरीले उनीहरुलाइ शंकाको आधारमा चेकजाच गर्दा ब्राउन सुगर भेटेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिए । 

उनीहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५७५ मिलिग्राम, मोवाइल २ थान र १० हजार रूपैँया बरामद गरेको छ । पक्राउ परेका तीन जना उपर प्रहरीले लागुऔषध मुद्धा दर्ता गराइ १० दिन म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक केसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप