सेयर धितो ऋण बढीमा १२ करोड मात्र लिन पाइने
शुक्रबार, २९ साउन २०७८, १७ : ४७
सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।
कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।