सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट १० जना जुवाडे पक्राउ

शुक्रबार, २९ साउन २०७८, १८ : १२
शुक्रबार, २९ साउन २०७८

भक्तपुरको भक्तपुर नगरपालिका–५ बाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको ‘एनएस स्नुकर पुल हाउस’ मा जुवा खेलिरहेका १० जनालाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले १ लाख ८९ हजार नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउला, भक्तपुर–७ बस्ने उत्तम देउला, सुनिल देउला, पूर्ण भगत र शंकर पौडेलसहित १० जना छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप