सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यूरोड गेटमा गाडीबाट हाम्फालेर थुनुवा फरार

शुक्रबार, २९ साउन २०७८, २० : १४
शुक्रबार, २९ साउन २०७८

प्रहरीको नियन्त्रणमा रहेका थुनुवा काठमाडौंको न्युरोड गेटबाट भागेका छन् । जबर्जस्ती करणी मुद्दामा महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका निर्मल परियार भागेका हुन् ।

पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दौ न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेका हुन् । परियार स्याङ्जाका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप