सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

शनिबार, ३० साउन २०७८, ११ : ५५
शनिबार, ३० साउन २०७८

शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६  कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो । 

भैरहवाबाट कोर्चाबाङ्गमा शव पुर्याएर फर्किने क्रममा बिहान करिब ४ बजेतिर सडकबाट झण्डै ६ सय मिटर तल एम्बुलेन्स खसको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।  एम्बुलेन्समा सवार सोही स्थानका ३८ वर्षीय प्रितीप्रसाद पुन सामन्य घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप