सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सालकको खपटासहित २ जना पक्राउ

आइतबार, ३१ साउन २०७८, १३ : ०२
आइतबार, ३१ साउन २०७८

संरक्षित वन्यजन्तु सालकको खबटासहित प्रहरीले काठमाडौंको बालाजुबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका घर भएका कान्छालाल मोक्तान र धनबहादुर योञ्जन छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरुको साथबाट १ किलो ५ सय ग्राम सालकको खबटा बरामद गरेको छ । मकवानपुरबाट खबटा बेच्न उनीहरु काठमाडौं आएका थिए ।

उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप