सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा मौद्रिक नीतिको प्रभाव : २४ अंकले घटेको बजारमा साढे २१ अर्ब माथिको कारोबार

आइतबार, ३१ साउन २०७८, १५ : ४७
आइतबार, ३१ साउन २०७८

सेयर बजार परिसूचक नेप्सेमा मौद्रिक नीतिको प्रभाव परेको छ । गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेसँगै डराएका लगानीकर्ताहरूले धमाधम सेयर बिक्री गर्न थालेपछि एकैदिन अधिकतम साढे २१ अर्ब माथिको कारोबार भएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१ सय ५४.०३ बिन्दुमा झर्दा अधिकतम २१ अर्ब ६४ करोड ७६ लाखको सेयर कारोबार भएको छ ।  बजार शुरु भए देखिनै निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक अन्तिमसम्ममा ३१ सय ५४.०३ बिन्दुमा अड्किन सफल भएको हो । 

यस दिन सेयर बजारका अधिकांश समूह तथा उप समूहहरु ऋणात्मक हुँदा तीन कम्पनीको सेयर मूल्यमा सर्किट नै लाग्ने गरी मूल्य बृद्धि भएको छ । खानी खोला हाइड्रोपावर को. लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स र जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य अधिकांश कम्पनीहरुले सेयर मूल्यमा गिरावट आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप