आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज साउनको अन्तिम दिन, के छ सुनचाँदीको बजार भाउ ?

सोमबार, ३२ साउन २०७८, ११ : २४
सोमबार, ३२ साउन २०७८

आज साउन महिनाको अन्तिम दिन अर्थात् साउन ३२ गते सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर जस्तै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो । 

यस्तै, गत आइतबार प्रतितोला २० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँ पुगेको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ ।  यता तेजाबी सुनको मूल्य भने गत आइतबारको मूल्य एक सय रुपैयाँले घट्दै सोमबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप