सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

सोमबार, ३२ साउन २०७८, ११ : ३९
सोमबार, ३२ साउन २०७८

डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको छ । दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र ४५ हजार जरिवाना तथा असोजमा ९ वर्ष कैद र १ लाख ५५ हजार जरिवाना हुने फैसला गरेको थियो । पक्राउ पछि अदालतको अनुमति लिएर उनलाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । अदालतले फैसला गरेको १६ वर्षसम्म उनी लुकिछिपी बसेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप