सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा युवक पक्राउ

सोमबार, ३२ साउन २०७८, २२ : १३
सोमबार, ३२ साउन २०७८

‘कम्बोडिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन् । मिनध्वज सहितको समूहले काभ्रेको पाँचखाल नगरपालिका–८ का प्रेम बहादुर तामाङसहित ६ जनालाई ‘कम्बोडिया पठाइदिन्छौं’ भनेर प्रलोभनमा पारेर ठगी गरेका थिए । 

प्रतिव्यक्ति ६ लाख ५० हजारमा कम्बोडिया पठाउने र त्यहाँ पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिन्छौ भनेर पैसा लिएर उनीहरु सम्पर्कविहीन भएका थिए । मिनध्वजलाई सोमबार पक्रेर आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार विभाग, बुद्दनगरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप