बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषय पुस्तकमा

मङ्गलबार, ०१ भदौ २०७८, १४ : २९
मङ्गलबार, ०१ भदौ २०७८

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रहि लेखिएको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एण्ड स्टोन आर्ट अफ नेपाल मण्डला’ सार्वजनिक भएको छ ।

डा. नरेश शाक्य, स्वस्ति राजभण्डारी र सञ्जय शाक्यको लेखन र प्रा.डा.शंकर थापाको सम्पादन रहेको पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच सार्वजनिक गरे ।

पुस्तकमा काठमाडौंमा उपत्यकामा विकास भएको कलाका बारेमा चर्चा गरिएको छ ।

प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कला परम्परामा बुझ्नलाई पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गरे । उनले भने, ‘काठमाडौं उपत्यकामा विकास भएका कला र तिनको परम्परासँग सम्बन्धित विषयका कारण पुस्तक निकै महत्वपूर्ण लागेको छ ।’

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले पुस्तक खोज अनुसन्धान गरेर ल्याएकाले सबैका लागि उपयोगी हुने बताए । नेपाली परम्परागत मूर्तिकला तथा चित्रकलाका क्षेत्रमा यो पुस्तकको महत्व विशिष्ट रहने उनको भनाई रहेको छ ।

लेखक स्वस्ति राजभण्डारीले नेपालमा विकास भएको कला परम्परा चिनाउनका लागि पुस्तक निकै उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताइन् । ‘नेपाली पौभा कलाको शैली र त्यसका बारेमा पुस्तकले धेरै नै जानकारी दिन सफल हुनेछ’ उनले भनिन् ।

कार्यक्रममा लेखक सञ्जय शाक्य, डा.नरेश शाक्य प्रतिष्ठानका प्राज्ञ तथा हस्तकला विभाग प्रमुख धर्मराज शाक्य लगायतले पुस्तकको बिषयमा बोलेका थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागले प्रकाशन गरेको उक्त पुस्तकले नेपाली कलापरम्परामा विकास भएका विविध शैली, माध्यम र चिन्तनलाई नियाल्न सघाउ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप