आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश रेग्मीको बेञ्चमा

बुधबार, ०२ भदौ २०७८, १० : ३९
बुधबार, ०२ भदौ २०७८

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।

कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्ने माग गरेका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफुलाई हटाएको आधिकारीक पत्र नपाएको र सरकारले आफुलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दावी गरेका छन् ।

हितेन्द्रदेव शाक्यसँग अहिले तीन वटा पद छन् – सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्य, उनले दावी गरेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र प्राधिकरणकै उपकार्यकारी निर्देशक । कार्यकारी निर्देशक भएर पनि अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप