सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तारकेश्वरबाट २ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

बुधबार, ०२ भदौ २०७८, १४ : ०४
बुधबार, ०२ भदौ २०७८

काठमाडौंको तारकेश्वरबाट १० जुवाडे पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका– ८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको घरमा तास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप