आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य घट्यो

बिहीबार, ०३ भदौ २०७८, १० : ५६
बिहीबार, ०३ भदौ २०७८

बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप