सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्को वर्षदेखि घरमै बसेर उद्योग दर्ता गर्न सकिने, सफ्टवेयर बनाउँदै विभाग

बिहीबार, ०३ भदौ २०७८, १८ : ४०
बिहीबार, ०३ भदौ २०७८

के तपाईँ उद्योग दर्ताको योजनामा हुनुहुन्छ ? हुनुहुन्छ भने छिट्टै घरमा बसिबसी उद्योग दर्ता गर्न पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि उद्योगी/व्यवसायले घरमै बसेर उद्योग दर्ता गर्न सक्नेगरी व्यवस्था गर्न लागेको हो । 
 उद्योग विभागले घरमै बसेर अनलाइनमार्फत उद्योग दर्ता गर्न मिल्ने सफ्टवेयर निर्माणको काम अघि अघि बढाइएको जनाएको छ । 
विभागका प्रवक्ता तथा निर्देशक ज्ञानेन्द्र पराजुलीले आगामी आर्थिक वर्षदेखि सफ्टवेयर सञ्चालनमा आउने बताए । उनका अनुसार सफ्टवेयर निर्माणको जिम्मा गत आर्थिक वर्ष २०७७/७८ मै नेपाली कम्पनी इन्फोडेभलपरले पाइसकेको छ ।
उक्त कम्पनीले डेढ करोड रुपैयाँमा सफ्टवेयर निर्माणको जिम्मा पाएको र चालू आर्थिक वर्षभित्र सफ्टवेयर निर्माण भइसक्ने विभागले जानकारी दिएको छ । सफ्टवेयर निर्माण भएपछि केही समय परीक्षणका रुपमा सञ्चालनमा आउने छ । परीक्षण सफल भएपछि पूर्ण रुपमै सञ्चालनमा आउने बताइएको छ ।

‘हाल उद्योगीहरुले विभागमा उद्योग दर्ता लगायतको काममा झन्झट भएको गुनासो गर्दै आएका छन् । सफ्टवेयर बनेपछि उनीहरुले विभागमा नआई घरबाटै दर्ता लगायत सम्पूर्ण काम गर्न सक्नेछन्,’ प्रवक्ता पराजुलीले भने । 
विभागको सम्पूर्ण सेवालाई डिजिटल बनाउने क्रममा सफ्टवेयर निर्माणको काम अघि बढाइएको उनको भनाई छ ।

सफ्टवेयर पूर्णरुपमा सञ्चालनमा आएपछि उद्योग दर्ता, दर्ताको प्रमाणपत्र, नवीकरण र विदेशी लगानी स्वीकृतिको काम समेत अनलाइनबाटै गर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप