बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता–गाउँको माया

शुक्रबार, ०४ भदौ २०७८, ११ : १३
शुक्रबार, ०४ भदौ २०७८

 

 

-आर्यमन दाहाल

फेरि उहीँ मुस्कान सम्झेर
जान मन लागेको छ 
त्यही लसुन र खोर्सानीको अचार सम्झेर
जान मन लागेको छ ।
नत्र किन भन्थेँ
साँच्चै हो 
एकै दृश्यमा संसार भुल्ने 
सन्तुष्टि सम्झेर 
जान मन लागेको छ ।

नीलो आकासको प्रतिबिम्ब 
पाउने फूलको सुगन्ध 
हिमालको छायाँ छिचोल्ने 
हावा मन्द मन्द 
नत्र किन भन्थे 
फेरि उही स्वतन्त्रता सम्झेर 
जान मन लागेको छ
त्यही पोलेको आलु सम्झेर
जान मन लागेको छ 
हो साँच्चै ?
विद्युत्बिनाको स्वाच्छन्दता सम्झेर
जान मन लमगेको छ ।

पहेँला पतझडको तिर्सना 
लमतन्न गोरेटोहरूको निमन्त्रणा
पुस महिनाको न्यानो घाम
छैन सकेको बिर्सन 
नत्र किन भन्थेँ 
साँच्चै हो ?
फेरि उहीँ ‘टालेको टोपी’
कथा सुन्न जान मन लागेको छ 
फेरि उहीँ नविकेका फलेका 
फलको सुगन्ध सुँध्न 
जान मन लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप