बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०४ भदौ २०७८, १२ : ५८
शुक्रबार, ०४ भदौ २०७८

सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । 
काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ । 

खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी संगठनको मागको आधारमा केहीअघि सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप