एनआरएनए महासचिवमा जोशीको उम्मेदवारी
शुक्रबार, ०४ भदौ २०७८, १४ : ५८
गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव गौरीराज जोशीले २०२१- २३ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । वर्तमान सचिव भएका कारण पनि महासचिवको दावेदारी स्वभाविक रहेको उनले बताए ।
गैर आवासीय नेपाली संघको निर्वाचन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ ।
चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा परिचित छन् ।