आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाडीको ठक्करबाट घाइते महिलाको मृत्यु

शुक्रबार, ०४ भदौ २०७८, १६ : ३७
शुक्रबार, ०४ भदौ २०७८

धनुषामा गाडीको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेर धनुषाको मिथिला नगरपालिका ९ स्थित बडहरी बस्ने ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो । गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको गाडीले बडहरीस्थित ग्लोबल होटल अगाडि मगरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मगरको टाउकोमा गम्भिर चोट लागेको थियो ।  घाइते भएलगत्तै मगरलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा लगिएको थियो ।

गम्भिर घाइते भएकी मगरको शुक्रबार विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । ठक्कर दिने गाडी र सिरहा धनगढीमाई नगरपालिका ९ का ३५ वर्षीय रञ्जित लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामा गाडीका चालक हुन् । चालक लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप