आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

शनिबार, ०५ भदौ २०७८, १६ : १०
शनिबार, ०५ भदौ २०७८

सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका –११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अन्सारी र उनकै दाजुबीच वादविवाद भैरहेका अवस्थामा अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले समसुद्दिनलाई पक्राउ गरेको हो ।  पक्राउ परेका अन्सारीमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप