बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोरोना कहरका बीच काभ्रेको गोसाइँकुण्डमा यसरी मनाइयो जनै पूर्णिमा (फोटोफिचर)

आइतबार, ०६ भदौ २०७८, १४ : ०४
आइतबार, ०६ भदौ २०७८

जनै पूर्णिमाको अवसरमा काभ्रेको गोसाइँकुण्डमा दर्शनार्थीको चहलपहल देखिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा भक्तजनहरूको चहलपहल देखिएको हो ।  । जनै पूर्णिमाको दिन गोसाइँकुण्डमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ । 

मेलामा काभ्रेको विभिन्न स्थानका साथै काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन पुग्ने गरेका छन् । 

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरू बनेपाको गोसाइस्थान मन्दिरमा आई पूजाआजा र गर्ने प्रचलन रहेको छ । मन्दिरमा भक्तजनहरूले पूजाआर्चना गर्नुका साथै स्थान र रक्षाबन्धन बाँध्न आइतबार बिहान दर्शनार्थीहरु पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप