बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोती जयन्ती कविता लेखन तथा वाचन कार्यशाला

sahitya
सोमबार, ०७ भदौ २०७८, १६ : ३१
सोमबार, ०७ भदौ २०७८

नेशनल प्याब्सनले मोती जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना गर्ने भएको छ । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा काठमाडौं जिल्लाव्यापी १ सय विद्यालयका ३ सय विद्यार्थीहरूबीच भर्चुअल माध्यमबाट नवौं कविता लेखन तथा वाचन कार्यक्रम हुने भएको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले कविता लेखन तथा वाचनबारे जानकारी दिएको हो । नेशनल प्याब्सन नागर्जुनका अध्यक्ष शिबराज गिरीले भदौ ११ र १२ हुने प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण तयारी भइरहेको जानकारी दिए । उनले कारोना प्रकोपको असहज अवस्थालाई ख्याल गर्दै यस्तो विषम परिस्थितिमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य अनुरुप भर्चुअल माध्यमबाटै कार्यशाला गोष्ठी गर्न लागेको बताए ।

अध्यक्ष गिरीले नेशनल प्याब्सनको सदस्य विद्यालय वा अन्य विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुबाट प्रत्येक विद्यालबाट कम्तीमा एक छात्रा रहने गरी बढीमा ३ जना सहभागी हुन पाउने जानकारी दिए । उनले भने यस प्रकारको कार्यक्रम पहिलो पटक गर्न गइरहेका छौ ।

कार्यक्रममा नेशनल प्याब्सन संस्थापक तथा पुर्व केन्द्रिय अध्यक्ष गीता राणाले यसपटक प्रशिक्षकबाट दुई दिन ‘कसरी कविता लेख्ने ? र वाचन गर्ने ?’ भन्ने सिप सिकाई विद्यार्थी आफैँले कविता लेखी वाचन समेत गर्ने गराइने गरी दुई दिने कार्यशाला संचालन हुने उनले जानकारी दिइन् ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष खडक बस्नेतले कार्यशाला गोष्ठीमा प्रमुख प्रशिक्षकको रुपमा सहजीकरणका लागि समेत नेपाल प्रज्ञा–प्रतिष्ठनानका प्राज्ञ परिषद्, सदस्य डा.देवी नेपाल गर्ने बताउँदै कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप