आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा ८ वर्षपछि फरार अभियुक्त पक्राउ

सोमबार, ०७ भदौ २०७८, १७ : ४३
सोमबार, ०७ भदौ २०७८

अर्घाखाँचीमा एक फरार अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् । सोमबार जिल्लाको (साविक डिभर्ना गाविस–१) सन्धिखर्क नगरपालिका–११ का  तेजबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

कुँवरलाई जिल्ला अदालतले २०७० साल बैशाख १६ गते बहुविवाह मुद्दामा कैद सजायको फैसला सुनाएको थियो । सोही समयदेखि हालसम्म फरार कुँवरलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा सोमवार पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप