सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जम्दै राज र वर्षा जोडी

मङ्गलबार, ०८ भदौ २०७८, १४ : ३१
मङ्गलबार, ०८ भदौ २०७८

कोरोनाको कहरमा सुस्ताएको फिल्म नगरी कलाकारका फेसन, प्रेम र रोमान्सका गसिपले भने सधैँ तात्ने गरेको छ । पछिल्लो समय यो क्षेत्रमा चर्चाको विषयमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको प्रेम भएको छ ।

दुवैले खुलेर प्रेम स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको कुरा भने लुक्न सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि प्रेममा रहेको चर्चा चलेका यी दुवै मिडियामा भने आफूहरू राम्रो साथी रहेको बताउँदै आएका छन् । तर सामाजिक सञ्जालमा उनीहरूको पोस्ट नियाल्ने हो भने दुवै बिच प्रेम रहेको अनुमान सजिलै गर्न सकिन्छ ।

मिडियाको अगाडि प्रेम स्वीकार गर्न बाँकी भए पनि यो जोडीले सामाजिक सञ्जालको माध्यमबाट भने प्रेम व्यक्त गरिरहेका छन् । केही अगाडि वर्षाले राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टाग्राममा राख्दै राजले आफूलाई सधैँ खुसी दिने प्रयास गरेको बताएकी थिइन् ।

प्रेमका कारण समाचारको विषय बनेर चर्चामा रहिरहेका वर्षा र राजलाई लिएर म्युजिक भिडियो निर्माण हुने क्रम पनि बढ्न थालेको छ । केही दिनअघि गायक नवीन के भट्टराईले आफ्नो नयाँ गीत ‘सम्झिरहन्छु’मा यी दुई लिएर भिडियो बनाएका थिए ।

अब गायक सुगम पोखरेलको गीत ‘म यस्तो गीत गाउँछु’ मा देखिने भएका छन् । लामै कामविहीन बनेका राज केही अगाडि फिल्म ‘एक्स ९’ मा समेत अनुबन्धित भएका छन् । ​गसिपले कतिपय कलाकारलाई घाटा पुर्‍याए पनि राज र वर्षालाई भने फाइदा पुर्‍याएको देख्न सकिन्छ । पछिल्लो समयको प्रेमको चर्चाले राज र वर्षालाई भने काम धेरै दिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप