सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सानेपामा पौडेल पक्षीय जिल्ला सभापतिहरूको रिले अनशन सुरु

बुधबार, ०९ भदौ २०७८, १२ : १९
बुधबार, ०९ भदौ २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । बुधबार विहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका हुन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ ।

उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गरिने छ । सबैले हेर्न पाउने गरी पार्टीको वेबसाइटमै नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप