आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीमा ३ तला माथिबाट खसेर युवकको मृत्यु

बुधबार, ०९ भदौ २०७८, १४ : ००
बुधबार, ०९ भदौ २०७८

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा तीन तला माथिबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरी घर भएका २८ वर्षीय सञ्जीव महर्जन छन् । मंगलबार राति महर्जनको खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मामा नाता पर्ने विनोद जोशीको घरमा गएको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप