आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

बुधबार, ०९ भदौ २०७८, १७ : ४४
बुधबार, ०९ भदौ २०७८

महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ  हवल्दार सहित  २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशालाका रामअशिष साह रहेको अख्तियारले जनाएको हो । दुवै जनालाई ५ हजार रुपैयाँ घुससहित निगौल चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामग्री नेपाल–भारत सीमा क्षेत्रबाट ल्याउनमा सहजीकरण गरिदिएको वापत ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा बर्दिवासस्थित अख्तियारबाट खटेको टोलीले ती दुवैजना आरोपितलाई घुससहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप