आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालको पार्टी कार्यालय नयाँ बानेश्वर, महन्थको बबरमहल (दल दर्ता प्रमाणपत्रसहित)

बुधबार, ०९ भदौ २०७८, २२ : ०५
बुधबार, ०९ भदौ २०७८

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को कार्यालय नयाँ बानेश्वर उल्लेख गरिएको छ । निर्वाचन आयोगले दिएको दल दर्तासम्बन्धी प्रमाणपत्रमा पार्टीको कार्यालय ठेगानामा ‘नयाँ बानेश्वर, काठमाडौं’ उल्लेख गरिएको हो। एमालेबाट विभाजित भएको माधव नेपालको पार्टीले कागजी रुपमा कार्यालयको ठेगाना नयाँ बानेश्वर उल्लेख गरेको भएपनि आधिकारिक कार्यालय भने खुलिसकेको छैन ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय ठेगाना बबरमहल तोकिएको छ । तत्कालीन तमलोपाको पार्टी कार्यालय नै नयाँ पार्टीको कार्यालय हुने बताइएको छ । निर्वाचन आयोगले बुधबार सनाखत गरेपछि दुबै पार्टीलाई आधिकारिकता दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप