बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट

बिहीबार, १० भदौ २०७८, १७ : ०५
बिहीबार, १० भदौ २०७८


 धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भारत सरकारले अक्सिजन प्लान्ट अनुदानमा उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय राजदूत विनय मोहन क्वात्राले १६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

 भारत सरकारले नेपाललाई उपलब्ध गराएको अक्सिजन प्लान्टले ठूलो सहयोग गर्ने स्वास्थ्य मन्त्री श्रेष्ठले बताए । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोरोना महामारीको समयमा प्लान्टको आवश्यकता पर्ने सक्ने भन्दै छिमेकी राष्ट्र नेपाललाई सहयोग गरेको बताए । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको अक्सिजन प्लान्टले नेपाल तथा भारतका बिहार राज्यका जनतालाई सेवा पुर्याउनमा राजदूत क्वात्राले विश्वस व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप