सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमिताभका बडीगार्डभन्दा शाहरुख–सलमानका अंगरक्षकको तलब बढी

शुक्रबार, ११ भदौ २०७८, १४ : २०
शुक्रबार, ११ भदौ २०७८

बलिउड कलाकार निकै विलासी जीवन बाँच्छन् । उनीहरुका हरेक साना कुरामा प्रशंसकले निगारानी गरिरहेका हुन्छन् । उनीहरुका बडीगार्ड पनि निकै चर्चित हुन्छन् । हालै अभिनेता अभिषेक बच्चनका पुलिस बडिगार्ड खबरमा आए । वास्तवमा अमिताभ बच्च्नका पुलिस बडीगार्डलाई साउथ मुम्बईको पुलिस स्टेशनमा ट्रान्सफर गरिएको छ । 

कन्स्टेबल जितेन्द्र शिन्दे उनका बडीगार्ड थिए । जितेन्द्र अमिताभसँग सन् २०१५ देखि काम गरिरहेका थिए । अमिताभसँग जितेन्द्रलाई धेरैजसो देखिन्छ । 

जितेन्द्रको वार्षिक कमाई १.५ करोड बताइन्थ्यो । यो मामिलामा प्रहरीले शिन्देले यति धेरै पैसा कहाँबाट कमाइरहेका छन् भनेर अनुसन्धान गरिरहेको छ । यस्तै शिन्देका अनुसार उनी एक सेक्युरिटी एजेन्सी पनि चलाउँछन् ।

स्मरण रहोस्, अमिताभलाई सरकारको तर्फबाट एक्स श्रेणीको सुरक्षा दिइएको छ । यसअन्तर्गत दुई कन्स्टेबल सधैं तैनाथ रहन्छन् ।

यस्तै, हामी नायक शाहरुख खानका नीजि बडिगार्डबारे कुरा गर्दै छौं, जसको नाम रवि सिंह हो । रवि सिंह छायाजस्तै उनीसँग सधैं देखिन्छन् चाहे शाहरुख भारतमा हुन् वा विदेशमा ।

शाहरुख खानका नीजि बडीगार्ड इन्डष्ट्रिका सबैभन्दा बढी तलब खाने बडिगार्डमध्ये एक हुन् । रिपोर्टका अनुसार वर्षौंदेखि शाहरुखसँग काम गरिरहेका रविले वार्षिक २.७ करोड भारु तलब थाप्छन् । 

यस्तै, नायक सलमान खानका बडिगार्ड शेरालाई पहिचानको कुनै आवश्यकता छैन । उनी चर्चाको केन्द्रमा छन् । शेरा सलमानका बडिगार्ड हुनुका साथै उनीहरुबीच निकै मित्रवत् व्यवहार पनि देखिन्छ । 

शेरा सलमान खानसँग दुई दशकभन्दा पनि बढी समयदेखि सँगै छन् । शेरा सलमानलाई आफ्ना मालिक भन्छन् । सलमानले आफ्नो फिल्म बडिगार्ड शेराका लागि समर्पित गरेका थिए । रिपोर्टका अनुसार शेरा २ करोड वार्षिक तलब लिने गर्छन् । 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप