नेप्सेमा पहिरो, अधिकतम ४८ अंकले बजार घट्दा साढे १५ अर्बको कारोबार
आइतबार, १३ भदौ २०७८, १६ : १४
आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ४८ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३ हजार ४५.२० विन्दुमा झरेको हो ।
त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेको छ । तीब्र गिरावटमा रहेको बजारमा आज फाइनान्स बाहेकका सबै जसो उप समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । यश दिन कुल २२७ कम्पनीका २ करोड ४८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख ५९ हजार पटक किनबेच हुदा कुल १५ अर्ब ६५ करोड १२ लाखको कारोबार भएको छ ।