सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ५ दलीय सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तारबारे छलफल

सोमबार, १४ भदौ २०७८, १० : ५५
सोमबार, १४ भदौ २०७८

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठकमा पाँच दलका नेताहरु सहभागी छन् । बैठकमा गठबन्धनको स्थायी स्वरूप, सरकारलाई पूर्णता, अध्यादेशको बजेट, संवैधानिक परिषदका नियुक्ति, सरकारका प्राथमिकता, सत्य निरूपण र वेपत्ता आयोगको कार्य, जयसिंह धामी प्रकरण, रेशम चौधरीको रिहाइ लगायत विषयमा छलफल भइरहेको बुझिएको छ ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरु सहभागी छन् ।
गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप