बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

औंसी र तीज लक्षित नर्भिकको हेल्थ प्याकेज सार्वजनिक

सोमबार, १४ भदौ २०७८, १४ : ५२
सोमबार, १४ भदौ २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । 

तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको अस्पतालले जनाएको छ । तीज प्याकेज अन्तर्गत एउटा बेसिक, ब्रेस्टको यूएसजी सहितको प्याकेज र मेमोग्रामसहितको प्याकेज रहेको अस्पतालले जनाएको छ । बेसिक प्याकेजमा विशेष सहुलियत सहित ६ हजार ६६६ कायम गरिएको अस्पतालले जनाएको छ । 

यस्तै, ब्रेस्टको यूएसजी सहितको प्याकेज भने १० हजार पर्ने भएपनि तीजको अवसरमा ७ हजार ७७७ कायम गरिएको अस्पतालले जनाएको छ । 

यसैगरी, मेमोग्रामसहितको प्याकेज १३ हजार ४ सय तोकिएकोमा तीजको अवसरमा मात्र ९ हजार ९९९ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यी प्याकेजहरु भदौ २७ गतेसम्म लिन सकिने छ । 

बेसिक तीज प्याकेज अन्तर्गत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउन्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । 

यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा पारेर पनि प्याकेजको घोषणा गरेको छ । अरु बेला ८ हजार ६५० पर्ने प्याकेजलाई औंसीको अवसर पारेर ६ हजार ५ सय कायम गरिएको अस्पतालले जनाएको छ । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहने अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप