सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सनी देओलका कारण थुप्रै ठूला नायिकाले गदर फिल्म अस्विकार गरेका थिए, आफ्नो स्तरको मान्दैनथे

मङ्गलबार, १५ भदौ २०७८, १७ : ०५
मङ्गलबार, १५ भदौ २०७८

बलिउडको सुपरहिट फिल्ममा गनिने फिल्म ‘गदर, एक प्रेम कथा’ ले एकातिर अमिषा पटेलको करियर र चर्चामा ‘चार चान्द’ लगाएको थियो भने केही नायिकाले यसकारण यो फिल्ममा अभिनय गर्न अस्वीकार गरिदिए किनभने उनी सनी देओललाई आफ्नो स्तरको ठान्दैनथे ।

‘गदर, एक प्रेम कथा सन् २००१ मा रिलिज भएको थियो र यो त्यस वर्षको सबैभन्दा हिट फिल्म थियो । यो फिल्मका कारण थुप्रै दंगा भएको पनि बताइन्थ्यो ।

यो फिल्म रिलिज भएको २० वर्ष पुगिसकेको छ । यो फिल्मले २० वर्ष पूरा भएको मौकामा यो फिल्मका निर्देशक अनिल शर्माले अन्तरवार्तामार्फत् सनी देओल बारे यो कुरा खुलासा गरेका थिए । अनिल शर्माले आफ्नो अन्तरवार्तामा भनेका थिए, ‘यो फिल्मका लागि थुप्रै नायिकालाई प्रस्ताव गरिएको थियो तर विभिन्न कारण देखाउँदै उनीहरुले फिल्म रिजेक्ट गरिदिए । केही नायिकालाई यो फिल्म निकै पुरानो जमानाको लागेको थियो भने कतिलाई सनी देओल आफ्नो स्तरको लाग्दैनथ्यो । ’

यो बलिउड वेबसाइटलाई दिएको अन्तरवार्तामा अनिल शर्माले भनेका थिए, ‘म कसैको नाम लिन चाहन्नँ किनभने यो सही हुनेछैन । हामीले सन् २००१ का थुप्र्र चर्चित नायिकालाई यो फिल्मका लागि सम्पर्क गरेका थियौं तर उनीहरुलाई लाग्दैनथ्यो कि सनी देओलको स्तर उनीहरुसँग मिल्दैनथ्यो ।’

अनिल शर्मा थप्छन्, ‘कतिलाई त सनीको उमेर उनीहरुभन्दा असाध्यै धेरै छ र कतिलाई उनीसँग आफ्नो जोडी मेल नखाने पनि लाग्थ्यो । यतिमात्रै होइन, कतिलाई त लाग्थ्यो कि सनी देओल ट्रेन्ड हिरो होइनन्, यस्तै कतिले सनी देओलको नाम सुनेर नै फिल्मको कहानी सुन्न अस्वीकार गरेका थिए ।’

उनी थप्छन्, ‘यो फिल्म अमिषा पटेलको भाग्यमा लेखिएको थियो । जति नायिकाले यो फिल्ममा अभिनय गर्न अस्विकार गरे अब उनीहरु फिल्म छोडेकोमा अफसोस जताइरहेका छन् । ’

अनिल शर्माले द हिरो लभ स्टोरी अफ अ स्पाई, अपने, अब तुम्हारे हवाले वतन साथीयों जस्ता सुपरहिट फिल्म पनि बनाएका छन् । यस्तै अनिल शर्मा आफ्नो नयाँ फिल्म अपने–२ को तयारीमा जुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप