आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइन किनबेच गर्न लागेका ३ जना पक्राउ

बुधबार, १६ भदौ २०७८, ११ : ०७
बुधबार, १६ भदौ २०७८

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट लागुऔषध ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले २५०  मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागु औषध किन्न गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुमाथि लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप