सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जब निर्देशकले धर्मेन्द्रलाई नभनी बनाए ‘एडल्ट फिल्म’, सनी देओलले निर्देशकलाई दिएका थिए चेतावनी

बुधबार, १६ भदौ २०७८, ११ : ५४
बुधबार, १६ भदौ २०७८

हिन्दी सिनेमा जगतमा सफल अभिनेतामा दिग्गज अभिनेता धर्मेन्द्रको नाम पनि समावेश छ । ६० को दशकमा धर्मेन्द्रले लगातार थुप्रै फिल्ममा काम गरे र दर्शकको मन जिते । उनले आफ्नो भिन्न शैलीले इन्डिष्ट्रिमा नाम स्थपित गर्न सफल भए । धर्मेन्द्रको विशेषता यो थियो कि उनको फिल्मको डायलग मानिसहरुलाई कण्ठै हुन्थे ।

ठूला पर्दामा हरेक पटक धर्मेन्द्र भिन्न भूमिकामा देखिन्थे । यस्तै एकपटक धर्मेन्द्रले अञ्जानमा एउटा ठूलो गल्ती गरे । खास कुरा के हो भने उनको यो गल्ती अरु कसैले नभई उनका छोरा सनी देओलले सच्याइदिए ।

धर्मेन्द्रमाथि निर्देशकले गरे बठ्याइँः

यो कुरा निर्देशक कान्ति शाहको फिल्मसँग सम्बन्धित छ । कान्ति शाह बी ग्रेड फिल्मका लागि परिचित थिए । उनले आफ्नो फिल्म ‘आजका गुन्डा’ मा धर्मेन्द्रलाई साइन गराएका थिए । भारतीय सञ्चार माध्यमको एक रिपोर्ट अनुसार धर्मेन्द्रलाई यो फिल्मको पूरा स्क्रिप्ट पनि दिइएको थिएन न नै उनलाई आफ्नो भूमिकाबारे बताइएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार धर्मेन्द्रलाई निर्देशकमाथि पूरा विश्वास थियो, त्यसैले उनले फिल्मबारे केही थाहा नभएपनि साइन गरे र त्यसको सुटिङ सुरु गरे ।

एकदिन सुटिङ गरिरहेकै बेला उनी भएठाउँ कान्ति शाह आए र उनलाई आफ्नो छातीमा तेल लगाएर मसाज गर्न लगाए । निर्देशकले फिल्ममा उनको एउटा घोडसवारीको दृश्य पनि भएको र यसमा उनलाई आफ्नो छाती नाङ्गो राख्नुपर्ने बताए । धर्मेन्द्रले निर्देशकको कुरा माने ।

यतिबेला कान्ति लालले आफ्नो चतुर्याइ देखाए र धर्मेन्द्रको नाङ्गो शरीर र त्यतिबेला उनको अनुहारको क्लोज शट लिए ।

रिपोर्ट अनुसार निर्देशकले धर्मेन्द्रको बडी डबल बोलाएर धर्मेन्द्रको शटमाथि अश्लील सीन सुट गराए । यो कुरा धर्मेन्द्रलाई फिटिक्कै थाहा थिएन ।

सेटमा भएका एक व्यक्तिले निर्देशक कान्ति शाहको यस्तो व्यवहार थाहा पाए । ती व्यक्तिले यो कुरा सनी देओलका छोरा सनी देओललाई जानकारी दिए । यी व्यक्तिको कुरा सुनेर सनी देओल रिसले आगो भए ।

त्यसपछि सनीले कान्तिलाई घर बोलाए । उनले कान्तिलाई बेस्सरी झपारे ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार सनी देओलले आगो भएर कान्तिमाथि भने, ‘फिल्म कुनै पनि सिनेमा घरमा रिलिज भए मभन्दा खराब कोही हुनेछैन ।’

साथै, सनीले निर्देशक कान्ति लालमाथि कानूनी कारवाही गर्ने धम्की पनि दिए ।

जब निर्देशकले धर्मेन्द्रलाई नभनी बनाए ‘एडल्ट फिल्म’, सनी देओलले निर्देशकलाई दिएका थिए चेतावनी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप