बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१६ तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल

बिहीबार, १७ भदौ २०७८, १८ : २०
बिहीबार, १७ भदौ २०७८

नेपाल र भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । दशरथ रंगशालामा खेल भइरहेको हो । खेलको पहिलो हाफ सकिँदा नेपालले भारतविरुद्ध १–० को अग्रता बनाएको हो । खेलको ३६ औं मिनेटमा अञ्जन विष्टले पहिलो गोल गरेका हुन् । 

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् । नेपालले गोल गरेसँगै रंगशालाको माहोल समेत तातिएको छ । एन्फाले बुधबार गरेको पत्रकार सम्मेलनमा ५१ सय जनाले टिकट काटेको बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप