सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुत्केरी भएपछि नुसरत जहांले ट्रोल्सलाई दिइन् मुखभरीको जवाफ

शुक्रबार, १८ भदौ २०७८, १० : ३१
शुक्रबार, १८ भदौ २०७८

पछिल्ला केही वर्षमा नायिका तथा राजनीतिज्ञ नुसरत जहांको नीजि जीवनका कारण निकै चर्चामा रहिन् । टर्कीमा आफ्नो डेस्टिनेशन वेडिङपछिसन् २०१९ मा आफू श्रीमानसँग अलग हुन लागेको घोषणा गरेपछि सबैजना चकित परेका थिए । यी दुई अलग्ग्एिको जानकारी सार्वजनिक भएपछि नुसरत जहांको उनकै सहकर्मी यश दासगुप्तासँग नाम जोड्न थालियो ।

नुसरतले सेयर गरिन् फोटोः

नुसरत जहांले २६ अगस्टमा छोरा जन्माइन् । अस्पतालबाट निस्कने बेला बच्चालाई यशले नै बोकेका थिए । त्यसपछि नै सोसल मिडियामा नुसरत ट्रोलको शिकार भइन् । अब नुसरतले ट्रोल्सलाई जवाफ दिँदै एक शानदार क्याप्सनसहित आफ्नो फोटो सेयर गरेकी छिन् ।

नायिका तथा राजनीतिज्ञले लेखिन्, ‘ती व्यक्तिहरुको आलोचना स्वीकार नगर्नुहोस् जसको तपाईंले सल्लाह लिनुहुन्नँ ।’ यसका साथै उनले न्यूरोल, न्यूलुकजस्ता ह्याशट्याग प्रयोग गरेकी छिन् । फोटो कर्टसी उनले ‘ड्याडी’ लाई दिएकी छिन् । यो पोस्ट शेयर गरेपछि पनि ट्रोल्सले नुसरतलाई टार्गेट गर्न सुरु गरे र उनलाई ‘ड्याडी’ बारे सोधिरहेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Nusrat (@nusratchirps)

यश दासगुप्ताले नै नुसरतलाई बच्चा जन्मिएको जानकारी सेयर गरेका थिए । उनले लेखेका थिए, ‘जो नुसरतको स्वास्थ्यबारे हामीलाई सोधपुछ गरिरहेका थिए, उनीहरुलाई म भन्न चाहन्छु कि, आमा र बच्चा दुबै स्वस्थ छन् । ’ अस्पतालबाट निस्कँदै गर्दा उनले बच्चालाई बोकेका पनि थिए ।

केही रिपोर्टमा दाबी गरिए अनुसार नायिकाले आफू सुत्केरी हुँदा आफ्नो तर्फबाट यश नै उपस्थित हुन पाउँ भन्दै अस्पताललाई आग्रह गरेकी थिइन् । यस्तै निखिलले पनि बच्चा जन्मिएपछि मेसेज दिएका थिए । उनले भनेका थिए, ‘उनीसँग मेरो मतभेदले पनि मलाई नवजात शिशुका लागि शुभकामना दिनबाट रोक्न सक्दैन । म ऊ राम्रो होस् भन्ने कामना गर्छु । बच्चा अत्यधिक स्वस्थ होस् र उसको भविष्य उज्ज्वल होस् ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप