बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालले शनिबार सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजिस्टको निःशुल्क ओपीडी गर्दै

शुक्रबार, १८ भदौ २०७८, १४ : २३
शुक्रबार, १८ भदौ २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत शनिबार पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन गर्ने भएको छ । 

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । 

पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्त थैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको निःशुल्क ओपीडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ । 

नर्भिकले केही साता अघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि(शनिवार) डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपीडी सेवाका लागि अस्पतालमा उपलब्ध हुने अस्पतालले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप