पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु
शुक्रबार, १८ भदौ २०७८, १७ : ११
पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँमा बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो ।
खोलाले बगाई रुखमा अड्किएको अवस्थामा फेला परेका उनको शिशुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।