सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न

शुक्रबार, १८ भदौ २०७८, २१ : ००
शुक्रबार, १८ भदौ २०७८

लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा र रुकुम पूर्वमा १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशन सम्पन्न भएको हो । यस क्रममा अधिकांश स्थानमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

अर्घाखाँची र रुपन्देहीका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । रुपन्देहीको बुटवल, देवदह, सैनामैना र तिलोत्तमा नगरपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाणले बताए ।

प्यूठान र दाङमा भदौ २२ मा वडा अधिवेशन हुनेछ भने रोल्पामा भदौ २३ गतेका लागि वडा अधिवेशनको मिति तय भएको छ । कपिलवस्तु, बाँके, बर्दिया जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेका कारण ती जिल्लामा शुक्रबार वडा अधिवेशन हुन सकेन ।

पाल्पामा शुक्रबार नै वडा अधिवेशन हुने भनिए पनि निर्वाचन अधिकृत नआएको र केही वडाको क्रियाशील सदस्यता अझै नटुङ्गिएकाले अधिवेशन रोकिएको छ । पाल्पामा भदौ २१ गते वडा अधिवेशन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप