बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ग्राण्डीमा रिँगटा उपचारका लागि क्लिनिक सञ्चालन

शनिबार, १९ भदौ २०७८, १२ : ३८
शनिबार, १९ भदौ २०७८

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ ।  पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबारदेखि रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो । 

अस्पतालका प्रशासक हरि खड्काले रिँगटा लाग्ने आम व्यक्तिको समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिए  । “ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा विस्तारै गर्दै लैजान्छ” उनले भने ।

उक्त सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन सकिने सो अस्पतालले जनाएको छ । क्लिनिकका रिँगटासम्बन्धी विशेषज्ञ धर्म डङ्गोलले अस्पतालको डाक्टरसँगको सहकार्यमा बिरामीको रोगको निधान गरेर रिँगटासम्बन्धी समस्या उपचार गरिने बताए ।

“कतिपय बिरामीले औषधि सेवन गरे पनि रोग निको नभई रहेको अवस्थामा रोगको निधान गरेर रोगको प्रकृति हेरेर औषधि र थेरापीका माध्यामबाट उपचार गर्छौं”, उनले भने । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालले हाल २०० श्ययामार्फत बिरामीको उपचार गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप