आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्वस्थ्यताबीच कार्यकर्ता भेलामा ओली, तस्बिरमा हेर्नुहोस्

शनिबार, १९ भदौ २०७८, १६ : ००
शनिबार, १९ भदौ २०७८

नेकपा एमालेले शनिबार राजधानीमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

अस्वस्थताका बाबजुद कार्यक्रममा सहभागी भएका ओलीको जोस भने कम देखिएन । उनले सरकारदेखि एमालेबाट अलग भएर नयाँ दल खोलेका माधव नेपालमाथि फायर खोलेका थिए । संक्षिप्त सम्बोधन गरेका ओलीले आफूलाई थकानका कारण ज्वरो नै आएको र डाक्टरहरूले आराम गर्नु भनेको बताए । उनले अब केही दिन आराम गर्ने पनि मञ्चबाट जानकारी दिए ।  यसअघि उनको सचिवालयले आज उनी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप