बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा केबलकार चढेर जिपलाइन सरर... (फोटो फिचर)

आइतबार, २० भदौ २०७८, ०९ : ५८
आइतबार, २० भदौ २०७८

शनिबारदेखि चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा आएको छ । कोभिड–१९ महामारीका कारण बन्द चन्द्रागिरिको केबलकारसँगै आजदेखि जिपलाइन पनि सञ्चालनमा आएको हो । आजदेखि खुलेको चन्द्रागिरिमा पुगेकाहरूले जिपलाइनको मज्जा पनि लिन पाएका हुन् ।

कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरि बन्द थियो । महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरिमा करिब दुई हजार जनाले यात्रा गरेका छन् ।

शाहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भने, ‘सरकारले कोभिड–१९ को सङ्क्रमणबाट बच्नलाई तोकेको मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याइएको हो ।’

जिपलाइन गर्न प्रतिव्यक्ति रु ४०० शुल्ने लिने गरिन्छ । यस्तै, चन्द्रागिरी हिल्सद्वारा सञ्चालित रकक्लाईमिङको पनि व्यवस्था छ । 

तस्बिर : रासस


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप