सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भरतमणि, विक्की र सन्तोषमध्ये को होला कमेडी च्याम्पियन ?

आइतबार, २० भदौ २०७८, १० : ५२
आइतबार, २० भदौ २०७८

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ पछिल्लो समय निकै चर्चामा छ । शोका प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा प्रस्तुति दिएपछि शो को चर्चा चौतर्फी चुलिएको हो । भरतमणि स्वयम् पनि उक्त प्रस्तुतिले सिधै फाइनलमा पुग्न सफल भएका थिए ।

शो अहिले फाइनल स्पर्धामा पुगेको छ । जसमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा फाइनलमा पुग्न सफल भएका छन् । अब तीनबाट एक उत्कृष्ट छानिनेछन् । भरतमणि शोको फाइनलमा पूर्व युवराज शाहको नक्कल गर्दै ‘पफमर अफ द राउण्ड’ भएर पुगेका थिए भने विक्की र सन्तोषलाई दर्शकको भोटले सुरक्षित गरेको थियो । उत्कृष्ट ४ भित्र पर्न सफल हिक्मत महराले भने फाइनलबाट बाहिरिनु परेको छ ।

शोका निर्णायक मध्ये एक मनोज गजुरेलले पनि फाइनलमा पुगेका तीन प्रतियोगीका लागि सामाजिक सञ्जालबाट भोट मागेका छन् । उनले लेखेका छन् ‘टप ३ कलाकार यहाँहरु समक्ष राखेका छौ । कमेडी च्याम्पियन छान्ने जिम्मा दर्शकलाई ।’

प्रतियोगिताको फाइनल स्पर्धा आगामी असोज २ गते लाइभ आयोजना हुनेछ । त्यस अगाडि तीनै प्रतियोगी आफ्नो जित सुनिश्चित गर्न भोटिङ अफिलमा जुटेका छन् । फाइनलमा उपाधिका लागि भोटको पनि महत्वपूर्ण भुमिका रहन्छ ।
तीन प्रतियोगी मध्ये भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट सहभागी भएका हुन् । विक्की भने सिक्किमबाट आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप