बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नेपाल र भारतबीचको भिडन्त

आइतबार, २० भदौ २०७८, १९ : ५१
आइतबार, २० भदौ २०७८

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो । 

दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप