सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदर्शनको इन्गेजमेन्ट छोडेर सुटिङमा पूजा !

मङ्गलबार, २२ भदौ २०७८, १२ : ३२
मङ्गलबार, २२ भदौ २०७८


निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा बीच मित्रता घनिष्ठ छ । थुप्रै प्रोजेक्टमा उनीहरूको सहकार्यले समेत त्यो देखाउँछ । सुदर्शनले निर्देशक गरेको प्रायः फिल्ममा पूजा दोहोरिने मात्र होइन, दुवैले मिलेर फिल्मसमेत निर्माण गरिसकेका छन् ।

धेरै प्रोजेक्टमा सहकार्य गरेका दुवैको प्रेम सम्बन्धको हल्लासमेत नचलेको होइन । तर दुवैले मिल्ने साथी बताउँदै आएका छन् । केही पहिले त दुवैले एउटै गाडी पालोपालो चढ्ने गरेका थिए । पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडिएर आउँदा दुवैबीच मनमुटाबको खबर पनि बाहिर आएको थियो ।

सोमबार सुदर्शन थापाको मोडल तथा समाचार वाचिका सुप्रिया कटवालसँगको इन्गेजमेन्ट समारोहमा पूजाको अनुपस्थित रहिन् । काठमाडौँको –याडिसन होटलमा आयोजना भएको इन्गेजमेन्ट समारोहमा अभिनेता राज कटुवाल, वर्षा सिवाकोटीको समेत उपस्थिति रहँदा सुदर्शनको सबैभन्दा नजिकको साथी भनिएकी पूजाको उपस्थिति नहुनुलाई फिल्म क्षेत्रमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले त सुदर्शनको इन्गेजमेन्ट हेर्न नसक्ने भएर पूजा समारोहमा उपस्थित नभएको समेत चर्चा गरे ।

सुदर्शनको इन्गेजमेन्ट कहाँ गएकी थिइन् त पूजा ? धेरैको मनको प्रश्न हो यो । पूजाले भने एक मिडियासँग कुरा गर्दै सङ्गीतकार अर्जुन पोखरेलको एक गीतको सुटिङमा व्यस्त भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप