बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तीजको विदामा पनि नर्भिकमा ओपीडी सेवा

बुधबार, २३ भदौ २०७८, १५ : ४०
बुधबार, २३ भदौ २०७८

काठमाडौं । नर्भिक अस्पतालले तीजको विदाको दिन पनि ओपीडी सेवालाई सुचारु गर्ने भएको छ । 

सार्वजनिक विदाको दिन भए पनि ओपीडी सेवा भने संचालन गरिने नर्भिकले जनाएको छ । 

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तीजको सार्वजनिक विदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपीडी सेवा दिनेछन् । 

कार्डियोलोजीका डा. जेपी जैसवाल, अर्थोपेडिकका डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव बिष्ट, कार्डियोका डा. शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट डा.सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक कान घाटी विशेषज्ञ डा. किरण राज र गाइनोकोलोजिस्ट डा. नूतन शर्माले ओपीडी सेवा दिने अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप