सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘भ्यागुतो झैं ट्यार–ट्यार गर्छन् फरहान’, ट्रोल्सको कमेन्टमा नायकले दिए यस्तो जवाफ

बुधबार, २३ भदौ २०७८, १६ : ०५
बुधबार, २३ भदौ २०७८

अरबाज खानको टक शो पिन्चमा यसपटक फरहान अख्तरको उपस्थिति रह्यो । शोमा फरहानले ट्रोल्सको कमेन्ट सुने र त्यसमा आफ्नो प्रतिक्रिया दिए । यीमध्ये केही मानिसहरुले फरहानको गायकीलाई भ्यागुताको आवाजसँग तुलना गरे । यसबारे फरहानको प्रतिक्रिया कस्तो थियो ?

एक प्रयोगकर्ताले फरहानको गीतको आवाजलाई भ्यागुतोको ट्यार ट्यार आवाजसँग तुलना गरे । यसमा फरहानले हाँस्दै भने, ‘यो सोसल मिडिया सर्भिस  एक्सटेन्सनको एउटा हिस्सा हो । म चाहन्छु कि मानिसहरु घरमा नै बसून् र मलाई सुनून् ।’

आफ्नो गीतका लागि लज्जित छैनः फरहान अख्तर

उनले रक अन फिल्म र जिन्दगी ना मिलेगी दोबारामा गीत गाएर निकै मज्जा आएको बताए । उनी भन्छन्, ‘म यो कुरा बुझ्छु कि मेरो आवाज कुनै कन्भेन्सनल प्लेब्याक सिंगरको जस्तो छैन । प्लेब्याक सिंगिङका लागि एउटा क्वालिटी चाहिन्छ । मेरो स्किल लेभल वा टोन त्यस प्रकारको छैन । म अरुका लागि गीत गाउदिनँ । म यसो गर्दा रमाउँछु र यसका लागि अलिकति पनि लज्जित छैन । ’

यी फिल्ममा गीत गाएः

स्मरण रहोस्, फरहान अख्तर नायक तथा निर्देशक हुनुका साथै गायक पनि हुन् । उनले रक अन, जिन्दगी ना मिलेगी दोबारा, शादी के साइड इफेक्ट्स, दिल धड्कने दो, वजिरा, रक अन २ फिल्मका गीतमा आफ्नो आवाज दिएका छन् । हालै फरहानले आफ्नो नयाँ फिल्म जी ले जराको घोषणा गरेका छन् । यो फिल्मलाई फरहानले नै निर्देशन गर्नेछन् । यसमा आलिया भट्ट, कट्रिना कैफ र प्रियंका चोपडा मुख्य भूमिकामा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप