एमालेले चल्न दिएन संसद, नाराबाजी र होहल्ला (फोटो फिचर)
बुधबार, २३ भदौ २०७८, १६ : ४०
नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।